Hotel Panchthar Nepco Media

सुनिल दवाडी र बिषाखा शाहीको ‘गुँडैले चरी’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक सुनिल दवाडी र बिषाखा साहीको स्वर रहेको  र थारू भाषाको गीत ‘गुँडैले चरी’ सार्वजनिक भएको छ ।

डीपी खनालको शब्द तथा सुनिल दवाडीको  संगीत रहेको सो गीत सुनिल दवाडी नामकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सो गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका छन् । गीतको भिडियोमा कमल सिङ्ग र उर्मिला कार्कीको अभिनय रहेको देख्न सकिन्छ ।

फराज अर्पणको निर्देशन रहेको सो भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । गीतको भिडियोलाई विशाल थापाले सम्पादन तथा रङ संयोजन गरेका छन् ।