राष्ट्रिय स्वतन्त्र पार्टी सल्यान–काठमाडौं सम्पर्क विभाग गठन

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले सल्यान जिल्लाबाट काठमाडौँमा बसोबास गर्दै आएका पार्टीका क्रियाशील सदस्य तथा समर्थकहरूलाई समेट्दै “सल्यान–काठमाडौं सम्पर्क विभाग” गठन गरेको छ।

शनिबार काठमाडौँमा आयोजित सल्यानबाट काठमाडौँमा बसोबास गर्दै आएका पार्टीका क्रियाशील सदस्यहरूको सहभागिता भेलाले देबिन्द्र थापाको नेतृत्वमा ११ सदस्यीय सम्पर्क विभाग गठन गरेको हो।

सम्पर्क विभागको प्रमुखमा शारदा नगरपालिका–९ का देबिन्द्र थापा चयन भएका छन् भने सचिवमा दार्मा गाउँपालिका–५ का भुवन केसी चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा बनगाड कुपिण्डे–९ का एकेन्द्र एरी,  तारादेब ओलि बागचौर नगरपालिका – १२ का र बुद्धिघर्ती, कुमाख–३ का रामबहादुर राणा, त्रिवेणी गाउँपालिका–३ का खगेन्द्र राज घर्ती, छत्रेश्वरी गाउँपालिका–३ की बिना दाहाल, शारदा–९ का शंकर महान्त, बनगाड– ६ का तिलकबहादुर बुढाथोकी तथा शारदा–९ का नवीन कुँवर चयन भएका छन्।

कर्णाली–काठमाडौं सम्पर्क विभागका प्रमुख समीर न्यौपानेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रेमनारायण बिकको विशेष आथित्यमा रहेको थियो। कार्यक्रममा युवा नेता जित सागर रावत, त्रीबेणी गाउ पालिका सभपती खड्ग बहादुर बुढाले नवगठित समितिलाई सपथ तथा गोपिनियता ग्रहण गरायका थिए ।

भेलामा सहभागीहरूले वैकल्पिक राजनीतिक शक्तिप्रति नागरिकको भरोसा बढ्दै गएको उल्लेख गर्दै संगठनलाई जनमुखी र सक्रिय बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। नवगठित विभागले आगामी दिनमा विभिन्न सामाजिक, संगठनात्मक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले देश परिवर्तनका लागि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै युवापुस्ताको सक्रिय सहभागिताले पार्टीलाई थप ऊर्जावान बनाएको बताए। उनीहरूले सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिका पक्षमा पार्टी निरन्तर अघि बढिरहेको धारणा राखे।

त्यस अवसरमा विभिन्न क्षेत्रबाट आएका सहभागीहरूले पनि आफ्नो धारणा राख्दै संगठन विस्तारसँगै जनअपेक्षा अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा सल्यान घर भई काठमाडौँमा बसोबास गर्ने पार्टी समर्थक, युवा, व्यवसायी तथा विभिन्न पेशाकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नवगठित विभागले निकट भविष्यमा औपचारिक घोषणा कार्यक्रमसहित विभिन्न सामाजिक तथा संगठनात्मक गतिविधि सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।