काठमाडौं । २ अर्ब ५० करोडबढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैकका तत्कालिन सञ्चालक र प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन ।
कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका हुन् । राएलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियावाट पक्राउ गरिएको हो ।
राय पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रहि उक्त बैंकमा संकलन भएको बचत कर्ताहरुको २ अर्ब ५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका थिए । ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ।