मेरो महासचिवको उम्मेदवार व्यवसायीहरुको अधिकार र संरक्षणको लागि हो: महेश

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिको आगामी निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले तालमेल गरेर चुनावी मैदानमा छन् । नेपाली कांग्रेस निकट संस्था एसोसिएसनले आइतबार घोषणासभा आयोजना गरी भुवनसिंह गुरुङको नेतृत्वमा १७ जनाको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यही चैत २९ गते हुने संघको निर्वाचनमा नेपाली काग्रेस निकट लोकतान्त्रिक एसोसिएसन र नेकपा माओवादी केन्द्रनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तालमेल गरेर प्रतिस्पर्धामा गर्दै छन् । सो प्यानलको अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा।ल।का संचालक भुवनसिंह गुरुङ र महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा।ल।का संचालक महेश कुमार बस्नेतको उम्मेदवारी रहेको छ ।

ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा।ल।का संचालक महेश कुमार बस्नेत उदयपुर जिल्लामा जन्मिए । बस्नेत बैदेशिक रोजगार क्षेत्रका एका खम्बा हुन् । उनी वैदेशिक रोजगारमा भएका समस्याहरुलाई निराकरण गर्न अहोरात्र खटिन्छन् । वैदेशिक रोजगार व्यवसायी संघ र वैदेशिक रोजगारीमा जानेहरुको पक्षमा कडा रुपमा आवज उठाउदै आएका बस्नेत सफल वैदेशिक रोजगार व्यवसायीमा गनिन्छन् । उनले पत्रकारिता र राजनीतिक शास्त्रमा स्नातकसम्मको अध्ययन गरेका छन्

बस्नेत समाजसेवी पनि हुन् । समाजसेवामा रुचि भएका बस्नेतले थुप्रै संघसस्थाको महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक भुमिका निर्वाह गरिसकेका छन् । विश्वका थुप्रै देशहरुको भ्रमण समेत गरिसकेका छन् । बस्नेतले वैदेशिक रोजगारका समस्याहरुलाई नजिकबाट नियालेका छन् । वैदेशिक रोजगार क्षेत्रको गहिरो अध्ययन गरेसँगै वैदेशिक रोजगार क्षत्रमा संञ्चालको रुपमा प्रवेश गरेका बस्नेत यो आफ्नो व्यवसायलाई मात्रै माथि उठाउने नभएर यो क्षेत्रलाई नै माथि उठाउने प्रतिवद्धता रहेको छ ।

ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा।ल।का संचालक रहेका बस्नेत नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका महासचिव हुन् । उनी एसोसिएसनको महासचिव भएपछि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनलालाई थप चलायमान बनाउँदै कार्ययोजनाका साथ काम गरेका व्यवसायीहरु बताउँछन् । उनी एसोसिएसन महासचिव भएपछि थुप्रै महत्वपूर्ण कार्यहरु भएको व्यवसायीहरुले बताए । एक व्यवसायीले भने, महेश कुमार वस्नेत नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनलेव्यवसायीका साझा मुद्दाहरु सरकारका नियामक निकायसम्म पुर्‍याउन सफल भएको छ, । बस्नेत महासचिव भएपछि यो कार्य गर्न निकै महत्वपूर्ण भुमिका रहेको छ । व्यवसायीका समस्याहरुमा वैदेशिक रोजगार विभाग, नेपाल प्रहरी र श्रम रोजगार तथा सामाजिक सुरक्ष मन्त्रालयमा व्यवसायीहरुसँगै देखिए । व्यवसायीका समस्यालाई आफ्नै समस्या ठानेर समाधान गर्दै वैदेशिक रोजगार व्यवसायीलाई व्यवस्थित बनाउन नीति निमार्ण देखि कार्यनयन बनाउने ठाँउसम्म उनले नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । उनै बस्नेत फेरि महासचिवमा उम्मेदवारी दिएका छन् ।

व्यवसायी संघमा सही नीति सही नेतृत्व हुन पर्छ भनेर आफ्नो उम्मेदवारी दिएका बताए । आफ्नो उम्मेदवारी यो क्षेत्रलाई व्यवस्थापन बनाउँनको निम्ति भएको दाबी गरे । यो व्यवसायी संघलाई गर्भ गर्न लाइकको बनाउने गुरु योजना रहेको बताएका छन् । यो क्षेत्रलाई रुपान्तरण गर्नको लागि यो चुनावी मैदानमा रहेका हामीसँगको कुराकानीमा उनले भने, ‘मेरो उम्मेदारी व्यवसायीहरुका हकहित अधिकार र संरक्षको लागि हो’, । हाम्रो व्यवसायी र हाम्रो व्यवसायीक भविष्य सुरक्षित राख्न यो मैदानमा छु । मैले महासचिव पाएभने मेरो सम्पुर्ण अनुभव ज्ञान र उर्जाले व्यवसायीको पक्षमा लगाउने छु’, ।