एमाले नेता-कार्यकर्ताले पार्टी छोड्नु थाले

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावललाई पार्टीबाट निष्काशन गरेसँगै एमालेका नेता तथा कार्यकर्ताले धमाधम पार्टी त्याग्नु थोलेका छन् । पुस १० गते एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष रहेका रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो।

एमाले गोदावरी नगर कमिटी अत्तरिया, कैलालीका ४६ जनाले दिए सामूहिक राजीनामा दिएका छन्। ४३ जना नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिनुले रावल समर्थक रहेको बुझ्न सजिलै बुझिन्छ ।

उनीहरूले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि आफूलगायत यस क्षेत्रका नेता कार्यकर्ता उत्साही बनेको बताउँदै उनीहरूले महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि पार्टी परित्याग गर्न बाध्य भएको उल्लेख गरेका छन्।