‘पिरतिको व्यापार’मा गायक बिशाल र गायिका शान्तिश्री

काठमाडौं । गायक बिशाल सुनार र गायिका शान्तिश्री परियारको स्वरमा ‘पिरतिको व्यापार’ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘पिरतिको व्यापार’ गीतको शब्द डीपी तिवारीको रहेको छ, भने संगीत बिशाल सुनारले गरेका हुन् । भिडिओको निर्देशन चित्रा मास्की मास्की मगर रहेकी हुन् ।

म्युजिक भिडियोमा शिशिर पौडेल, सपना शर्मा, खेम नेपाली र सुनिल परियारले अभिनय गरेका छन्। भिडियोको छायाङ्कन ज्ञानेन्द्र शर्माले गरेका हुन् । भिडियोको रेकर्डिस्ट राजु सुनाम हुन्, भने मिक्स मास्टरिङ बिनोद परियारले गरेका छन् । सुनिल परियारको भिडियो सम्पादन निकै राम्रो देखिएको छ ।

भिडियोमा आजभोलिको प्रेममा व्यापार हुने, आफ्नो ज्यानै धितो राखेपनि विश्वास नहुने जस्ता शब्दहरु सुन्न पाइन्छ । भिडियोले आजभोलिको प्रेम सम्बन्धहरु व्यापारिक हुने, पछिल्लो समयका चर्चित घटनाहरुले समेत यस्तै विकृति फैलिएको कारणले विश्वसिलो प्रेमको वातावरण नभएको शन्देश भिडियोले दिन खोजेको छ ।