चर्चित लोकदोहोरी गायक धनराज चुनारा र मञ्जु लावतीको ‘बेनिघाटैमा’ सार्वजनिक

काठमाडौं। चर्चित लोक दोहोरी गायक धनराज चुनारा र गायिका मञ्जु लावतीको स्वर रहेको म्युजिक भिडियो ‘बेनिघाटैमा’ बजारमा आएको छ । चुनारा र लावतीले नयाँ नेपाली डान्सिङ गीत ‘बेनिघाटैमा’ बजारमा ल्याउनु भएको हो ।

‘बेनिघाटैमा’ गीतको शब्द, संगीत सुप्रिम राज विश्वकर्माले गर्नु भएको छ । संगीत संयोजन , मिक्सिङ तथा मास्टरिङ कुमार सानु पुनले गर्नु भएको हो, भने निर्देशन तथा कोरियोग्राफी कमल भक्तले गरेका हछन् । भिडियो छायाँकन सुनिल भण्डारीको टिमले गर्नु भएको छ ।

‘बेनिघाटैमा’को भिडियोमा कलाकार सुरेश कोहली र निशु शिर्पालीको अभिनय देख्न सकिन्छ । भिजुअल सम्पादन एवं रङ संयोजन असिम चन्द्र विश्वकर्माले गर्नु भएको छ। गीत शङ्करा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो, भने रेकर्डिस्टको भुमिकामा सागर पुन हुनुहुन्छ । ड्रोन अपरेटरसँगै मेकअप आर्टिस्ट कबिन खड्काले गर्नु भएको हो ।

‘बेनिघाटैमा’को म्युजिक भिडियो मञ्जु लावति यूट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।बेनिघाटैमा गीतको शब्द, स्वर, संगीत र म्युजिकको ताल उत्कृष्ट भएको कारण दर्शकले रुचाइ दिनुभएको लोक गायक धनराजले बताउनु भयो ।

डान्सिङ बिटको यो गीतले दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा निर्माण टिमको छ । ‘बेनिघाटैमा’ गीत सार्वजनिक भएसंगै युटियुब र टिकटकमा दर्शकले निकै ओज्नु भएको निर्माण टिमको भनाइ छ ।

‘बेनिघाटैमा’ म्युजिक भिडिओ हेर्नुहोस् ।