काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल विरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।
अभियोग पत्र अनुसार पौडेलले व्यवसायी दीपक भट्टसँगको मिलेमतोमा पद र प्रभावको दुरुपयोग गरी आर्थिक लाभ लिएको आरोप लगाइएको छ। अभियोजन पक्षका अनुसार श्रीराम टोवाको उद्योग प्रालिको उच्च मूल्यको सेयर न्यून मूल्यमा हिमालयन एसेट म्यानेजमेन्ट प्रालिलाई दिलाउन पौडेलले भूमिका खेलेका थिए।
अभियोजन पक्षले पौडेलमाथि २० करोड ९० लाख रुपैयाँ बिगो कायम गरी सोही बराबरको रकम असुल, कानुन बमोजिम सजाय तथा सम्पत्ति जफतको माग गरेको जनाएको छ।





























