Hotel Panchthar Nepco Media

सारुक निधन प्रकरण : नम्रता भन्छिन् ‘मेरो मौनतालाई कमजोरी नठानियोस्

काठमाडौं। सारुकको निधन भएपछि उनीसँगै फिल्ममा काम गरिरहेकी नायिका नम्रता श्रेष्ठको नाम अगाडि आएको थियो । विशेषगरि, ‘कालो बोका र बुटी’को कुराले नम्रताको नाम अगाडि आएको थियो । तर, नम्रता सारुकको निधन भएको ५२ दिनसम्म पनि चुप थिइन् । उनले, कलाकार सानु ताम्राकारको पनि निधन भएपछि आइतबार स्टाटस लेख्दै श्रद्धाञ्जली व्यक्त गरेकी थिइन् ।

नम्रताले सोमबार सामाजिक सञ्जालमा लामो स्टाटस हेर्दै आफ्नो मौनतालाई कमजोर नसोच्न चेतावनी समेत दिइन् ।

नम्रताले पहिले नै आफूले यो बिषयमा भनाई सार्वजनिक गर्न चाहेको तर, परिवारले प्रहरी अनुसन्धानमा असर पर्ने काम नगर्न भनेपछि मौन रहेको उनको भनाई छ ।

‘कालो बोका र बुटी’को विषयमा उठेको प्रश्नमा नम्रताले अहिलेको २१ औं शताब्दीमा यस्ता कुरामा कसैले विश्वास नगर्ने पनि उल्लेख गरेकी छिन् । साथै, उनले प्रहरीले बोलाएको समयमा पुगेर आफूले बयान दिइसकेको समेत स्पष्ट पारेकी छिन् ।

उनले, सारुकले न्याय पाउनुपर्ने पनि तर्क गरेकी छिन् । सारुकको निधन प्रकरणमा आफ्नो नाम जोडेर झुटो प्रचार गरिएको भन्दै नम्रताले झूटको खेती गर्ने सत्यको बाटो हिँड्न आग्रह समेत गरेकी छिन् ।