Hotel Panchthar Nepco Media

आजको माैसम सामान्य हुने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ ।

जसको प्रभावले हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको केही  स्थानहरूमा र बाँकी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।