काठमाडौं महानगरले ३५ स्थानीय तहलाई एम्बुलेन्स दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३५ वटा एम्बुलेन्स वितरण गर्नका लागि स्थानीय तहलाई विवरण माग गरेको छ।

कामपाले सूचना जारी गरी एम्बुलेन्स आवश्यक परेको स्थानीय तहलाई आगामी १५ दिनभित्र मागअनुसारको कागजपत्र उपलब्ध गराउन आग्रह गरेको हो।

चालु आर्थिक वर्षका लागि कूल रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको कामपाले स्वास्थ्य क्षेत्रमा मात्र रु ९२ करोड ६६ लाख ४४ हजार विनियोजन गरेको छ।

चालु आवको बजेट अनुसारनै कामपाले गाउँपालिकालाई ३५ वटा एम्बुलेन्स वितरण गर्न लागेको हो। ती एम्बुलेन्स वितरणका लागि काम