Hotel Panchthar Nepco Media

सुन प्रकरण : राजस्वले दियो सिआइबीलाई अनुसन्धानको जिम्मा

काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जना आरोपीहरूलाई राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को हिरासतमा ल्याइएको छ ।

राजस्व अनुसन्धान विभागबाट थप मिसिल अध्ययन र अनुसन्धानका गर्नको लागि पत्र आएसँगै सबै अनुसन्धानको मिसिल र आरोपीहरूलाई पनि सिआइबीमा ल्याइएको हो।

यसअघि विहिबार प्रधानमन्त्री प्रचण्डले अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए । उनको निर्देशन लगत्तै आवश्यक प्रक्रिया पुर्याएर थप अनुसन्धानको जिम्मा सिआइबीलाई हस्तान्तरण गरिएको हो । उक्त प्रकरणमा अब सिआइबीले आर्थिकलगायत सङ्गठित र अन्तरदेशीय अपराधको सन्दर्भमा पनि अनुसन्धान थाल्नेछ ।

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो ।