काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले नेपाल प्रहरीका निवर्तमान आईजीपी दानबहादुर कार्कीलाई अदालतले पुनर्बहाली गरेपनि काम गर्न नदिने चेतावनी दिएका छन् ।
रास्वपा सहप्रवक्ता चौधरीले हिमालय टीभीसँगको कुराकानीमा उक्त चेतावनी दिएका हुन् ।‘म तपाईँलाई यत्ति भन्छु– जस्ट इनकेस, अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गर्यो भनेपनि आईजीपी बन्नुहुन्न् । त्यस्तो मान्छेलाई राख्नै हुन्न नि अब’, उनले भने ।
दानबहादुर कार्कीबाट प्रहरी संगठन चल्नै नसक्ने चौधरीले दाबी गरे ।
पूर्ववत् रूपमा कार्य गर्न नदिन सरकारले अरु वैधानिक बाटोहरू खोज्नसक्ने चौधरीले संकेत गरे ।




























