काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपालतिर रहेकाले बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।
जल तथ मौसम विज्ञान विभागका अनुसार न्यूनचापीय रेखा पूर्व र पश्चिम दुबै क्षेत्रमा नेपालनजिक रहेकाले आजदेखि बढी पानी पर्ने सम्भावना छ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा सामान्य वर्षा भइरहेको छ ।
आज देशभर सामान्य देखि पूर्ण बदली रहने सम्भावना छ।
वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

























