चर्चित लोकदोहोरी गायक धनराज चुनारा र मञ्जु लावतीको स्वरमा सार्वजनिक भएको बेनिघाटैमा रिलिज भएको छ । सुरेश कोहली र निशु शिर्पालीले उत्कृष्ट अभिनय बेनिघाटैमा देखिन्छ ।
मोडल निशु शिर्पालीले उत्कृष्ट नृत्य तथा अभिनय गर्दै आउनु भएको छ । उहाँको अभिनय दर्शक स्रोतामा निकै रुचाइएको छ ।
‘बेनिघाटैमा’ गीतको शब्द, संगीत सुप्रिम राज विश्वकर्माले गर्नु भएको छ । संगीत संयोजन , मिक्सिङ तथा मास्टरिङ कुमार सानु पुनले गर्नु भएको हो, भने निर्देशन तथा कोरियोग्राफी कमल भक्तले गरेका हछन् । भिडियोको छायाँकन सुनिल भण्डारीको टिमले गर्नुभएको छ ।
भिजुअल सम्पादन एवं रङ संयोजन असिम चन्द्र विश्वकर्माले गर्नु भएको छ। गीत शङ्करा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो, भने रेकर्डिस्टको भुमिकामा सागर पुन हुनुहुन्छ । ड्रोन अपरेटरसँगै मेकअप आर्टिस्ट कबिन खड्काले गर्नुभएको हो ।
‘बेनिघाटैमा’को म्युजिक भिडियो मञ्जु लावति यूट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।