एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुँदैछन्।

विराटनगर र चितवनबीचको खेल मध्याह्न १२:३० बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछन्।

कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेलहरू हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेछन् भने अनलाइनखबर डटकमले बल-बाइ-बल अपडेटसहित विशेष कभरेज गर्नेछ।