काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन सल्लाहा दिएका छन् । कांग्रेसको बागमती प्रदेश एक कार्यक्रममा बोल्दै देउवाले राप्रपालाई पूर्वराजा शाहलाई पार्टी सभापति बनाउन सल्लाहा दिएका हुन् ।
उनले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको र ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको बताएका छन् । उनले भने– ‘नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन । ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन्,’ उनले भने, ‘बरु राप्रपाले ज्ञानेन्द्रलाई पार्टी सभापति बनाए हुन्छ ।’