रचना र नागेन्द्रको स्वरमा ‘यती माया गरुँकी तिमीलाई’ बजारमा

काठमाडौं । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको यती माया गरुँकी तिमीलाई म्यसजिक भिडियो बजारमा आएको छ । गीतकार सिएल शर्माका शब्द सृजना रहेको गीतमा गायक श्रेष्ठ स्वयमकै संगीत रहेको छ । याकुब तामाङको एरेन्ज तथा दिनेश न्यौपानेको मिक्सिङ तथा मास्टरिङ रहेको छ।

भिडियोमा प्रबिन डिसी र समिक्षा न्यौपानेको अभिनय रहेको छ। भिडियोले एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथालाई देखाएको छ। निर्देशक जश बहादुर याक्ख्याको निर्देशन रहेको भिडियोको छायांकन कालिन्चोकमा गरिएको हो।

सार्वजनिक गीतमा ज्ञानेन्द्र हुमागाई र सन्तोष तिमल्सिनाको छायांकन तथा मिन रावलको सम्पादन रहेको छ। सन्तोष रनबाहको कोरियोग्राफी रहेको गीतको भिडियो गायक स्वयमकै अफिसियल च्यानलबाट बजारमा आएको हो।