काठमाडौं । स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनले तेस्रो पटक यो अवार्ड जितेकी हुन् ।
३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जितेकी थिइन्। त्यसपछि उनी जुलाईमा इंग्लिस महिला सुपर लिगको टोली लन्डन सिटी लायनेसमा आबद्ध भएकी थिइन्।
पुटेलासले यसअघि सन् २०२१ र २०२२ मा लगातार बालोन डी’ओर जितेकी थिइन्। बोनमतीले भने २०२३, २०२४ र २०२५ मा यो अवार्ड जितेकी थिइन्। पछिल्ला ६ वर्षदेखि महिला बालोन डी’ओर स्पेनका खेलाडीले जित्दै आएका छन्। सन् २०१८ मा नर्वेकी आडा हेगरबर्ग र २०१९ मा अमेरिकाकी मेगन रापिनोले यो अवार्ड जितेका थिए।






























