Hotel Panchthar Nepco Media

सरकारलाई ओलीको प्रश्न लिपुलेक लिम्पियाधुराको खबर के छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले सरकारले लिपुलेक लिम्पियाधुराको जमिन फिर्ता ल्याउन कुनै पहल नगरेको बताएका छन् ।

आजको सँसद बैठकमा बोल्दै ओलीले नीति तथा कार्यक्रममा यस विषयमा कुनै उल्लेख नभएकोमा आपत्ती जनाएका हुन् ।

‘विभिन्न सञ्चार माध्यममा कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा भौतिक संरचना बनाइरहेको खबर आएको आको छ । केही दिनमानै हुने भारत भ्रमणका क्रममा आफ्नो भूमी फिर्ता ल्याउने विषयमा आँखा जुधाएर कुरा गर्नुपर्छ’,ओलीले भने ।