आयल निगममाथि जेनजीको दबाब: २४ घण्टे चेतावनी

इन्धन मुद्दामा तनाव बढ्यो: आयल निगमलाई २४ घण्टे समयसीमा

काठमाडौँ — राष्ट्रि जेनजी नगरिक अभियानले नेपाल आयाल निगम र सरकारलाई शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धिलाई नघटाए विभिन्न माग राख्दै २४ घण्टे अल्टिमेटम सहित आयल निगमलाई घेर्ने चेतावनी दिएको छ।

जेनजीका प्रतिनिधिहरूका अनुसार इन्धन आपूर्ति, मूल्य समायोजन र वितरण प्रणाली सुधारसँग सम्बन्धित मागहरू तत्काल सम्बोधन गर्नुपर्ने उनीहरूको अडान छ। “हामीले उठाएका मुद्दामा निगम गम्भीर नदेखिए कडा कदम चाल्न बाध्य हुनेछौँ,” समूहका एक सदस्यले बताए।

राष्ट्रि जेनजी नगरिकका संयोजक सुनिल सिंहले पेट्रोलियम पदार्थको मूल्य २४ घण्टाभित्र समायोजन नगरे आयल निगम घेराउ गर्ने समेत चेतावनी दिए। जनतालाई महँगिको भारले थिच्ने, दुई तिहाईको उपहारले यहीँ हो’, सिंहले प्रश्न गरे।

जेनजीका सह–सम्योजक अजय सोडारीले भने छिमेकी देशहरुमा पेट्रोलियम पदार्थको मूल्य यथावथ भए पनि नेपालमा किन अत्याधिक मूल्य वृद्धि गरिएको हो भन्दाइ आपत्ती जनाएका हुन । ‘छिमेकी भारतमा पेट्रोलको मूल्य ९५ रुपैयाँ हुँदा नेपालमा २ सय १९ हुनु लाजमर्दो विषय हो,’ सोडारीले भने।

उता, अल्टिमेटमका कारण इन्धन आपूर्तिमा असर पर्न सक्ने भन्दै सर्वसाधारणमा चिन्ता बढेको छ। यदि सहमति हुन नसके आपूर्ति अवरुद्ध हुन सक्ने सम्भावना पनि देखिएको छ।

नेपाल आयल निगमले भने मागहरूबारे छलफल भइरहेको र समाधानका लागि पहल भइरहेको जनाएको छ। निगमका अधिकारीहरूले वार्तामार्फत समस्या समाधान गर्ने प्रयास जारी रहेको बताएका छन्।

सरकारले भने दुवै पक्षलाई संयमता अपनाउँदै वार्ताबाट निकास निकाल्न आग्रह गरेको छ।