काठमाडौं । संसदको कार्य सञ्चालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको कार्य सञ्चालन नियमावलीको मस्यौदा आज सभामुखलाई बुझाइएको छ।
मस्यौदा समितिले लामो छलफल र परामर्शपछि तयार पारेको उक्त दस्तावेज देब राज घिमिरे लाई औपचारिक रूपमा संविधान, पुराना नजिर र कानुनमा भएका व्यवस्थालाई आत्मसाथ गरेर नियमावली अनुसार सभा सञ्चालन गर्ने गरी हस्तान्तरण गरिएको हो।
समितिका अनुसार नयाँ नियमावलीमा:
- संसदको बैठक सञ्चालनलाई समयबद्ध बनाउने
- सांसदहरूको भूमिकालाई स्पष्ट गर्ने
- विधेयक प्रक्रिया छिटो र पारदर्शी बनाउने
जस्ता विषयहरू समेटिएका छन्।
अब उक्त मस्यौदामाथि छलफलपछि संशोधन गरी अन्तिम रूप दिइने र प्रतिनिधि सभाबाट पारित भएपछि कार्यान्वयनमा नियमावलीको मस्यौदामा ३० परिच्छेद २६३ दफा ७ अनुसूची बताइएको छ।






























