सल्यान जिल्लाको शारदा वडा नम्बर-६ मा जन्मिएका रुपेश बागचन सशस्त्र प्रहरीमा कार्यरत थिए । वाल्यअवस्था देखिनै देश र जनताको सेवा गर्नपर्छ भन्ने सोच भएका रुपेशले राम्रोसँग पढेर जागिर खाने सोच बनाएपनि उनले सरकारी सेवा सशस्त्र प्रहरी बल नेपालमा जागिर खाए ।
सशस्त्र प्रहरीमा सेवारत हुँदापनि कोही कसैलाई समस्या भएको देख्दा सकेको सहयोग गर्ने गरेको हामीलाई बताए । सशस्त्र प्रहरी सेवाबाट अवकाश भएपश्चात मानव सेवागर्ने सोच बनाए र, विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्न थाले ।
सरकारी सेवा अवकाशले उनलाई मानवसेवा तिर डोराएको उनले बताए । उनले भने, ‘सरकारी सेवामा पनि राम्रै काम गरियो, सरकारी जागिरको अवकाशपछि मावन सेवा गर्ने सोच आयो, अझै विषेश गरेर आर्थिक अभावले गर्दा विदेश गएर अलपत्र नेपालीहरुको उद्धार गर्ने मनै देखि चाहाना आयो।’ विदेशमा अलपत्र परेका, बेसाहारा भएकालगायत विभिन्न समस्यामा परेका थुप्रै नेपालीहरुको उद्धार गर्दै आएको रुपेशले बताए ।
विदेशमा गएर श्रम बेच्न बाध्य भएका नेपाली चेलीहरुको उद्धार गर्दै आएको उनले सुनाए । वैदेशिक रोजगारीको सिलसिसलामा घरेलु कामदारका रुपमा विदेश जादा समस्या हुने गरेका महिलाहरुले उद्धारको निम्ति हारगुहार गर्ने बताए । रुपेश मावन सेवामा लागेको छोटो समयमै धेरै नेपाली दाजुभाई तथा दिदीबहिनीको उद्धार गरेको दावी गरे । उनले भने, ‘धेरै महिलाहरुनै ससमस्यामा पर्ने गरेका छन्, र उनीहरुको उद्धार गर्न सफल भएको छु ।’
वैदेशिक रोजगारीको सिलसिलमा खाडी मुलुक साउदी, मलेसिया, कतार र कुवेतलगायतका देशमा पुगेकाहरुको उद्धार उनले गरेका छन् । वैदेशिक रोजगारको सिलसिलमा ठगिने क्रम बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न तल्लो तहबाटै सबै जुट्न आवश्यक रहेको बताए । रुपेशले आफ्नो पहलमा विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार गदै आएका छन् । विदेशमा अलपत्र परेका नेपालहरुको सकुसल उद्धार भएकाहरुले विशेष धन्यवाद दिदा आफु निकै खुसी भएको र उद्धार गर्न हौसला प्रदान भएका उनले बताए ।
फ्री भिसा र फ्री टिकट कार्यान्वनयमा आउन नसक्दा अधिकांश श्रमिक अति चर्को सेवा शुल्क भुक्तान गरी वैदेशिक रोजगारमा जान विवश हुने गरेको पाइन्छ ।
रुपेश बागचनले विदेशबाट यसरी उद्धार गरेका छन् ।