Hotel Panchthar Nepco Media

आज सन्दीप लामिछानेविरूद्ध मुद्दाको पेसि हुने

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज पेशी तोकिएको छ ।

न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा मुद्दाको सुनवाइ हुने छ ।

जाहेरीकर्ता गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो ।

आज न्यायाधीश पराजुलीको सुनवाइ सूचीमा चार नम्बरमा सन्दीपको मुद्दा परेको छ ।