जीबीसहित १९ जनाविरुद्ध मुद्दा दर्ता हुर्दै, रविको आइतबारमात्रै

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध शुक्रबार (आज)नै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने हुने भएको छ ।

यता सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध आइतबारमात्रै मुद्दा दर्ता हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध मुद्दा दर्ता हुने जनाएको हो।

प्रहरी हिरासतमा रहेका रवि, नेचर हब्र्सका सञ्चालक राम बहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने भएको छ ।