काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणमा जानु अगाडि राजनैतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका छन् । अब बस्ने मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेश ल्याउने क्षिमा नभएपनि ओलीले अध्यादेश ल्याउने गृहकार्य भएको र अब बस्ने मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने बुझिएको छ । एमालेबाट विभाजन भई गठन भएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई जतिसक्दो चाडो विभाजन गर्ने ओलीको उद्देश्य रहेको छ ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल नेतृत्वको एकीकृत समाजवादी विभाजन गरेर विभाजित शक्तिलाई एमालेमा मिलाउन खोजेका छन्। एकीकृत समाजवादी फुटाउनका लागि अध्यादेश ल्याउने ओलीको चाहना भएपनि त्यसको प्रभाव माओवादी केन्द्र, रास्वपा रअन्य साना दलमा समेत पर्ने देखिन्छ।
ओलीले अध्यादेश ल्याएर दल विभाजन गराउनसक्ने भएपछि त्रसित नेताहरूले छिटोभन्दा छिटो संसद् बैठक बोलाउन प्रतिपक्ष दलहरुले माग गर्न थालेका छन्।