काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा लोडसेडिङ नहुने बताएका छन् ।
कार्यकारी निर्देशक घिसिङले विद्युत खपतको लागि पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताए । उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने प्रष्ट पार्दै धेरैभन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरे ।
उनले यो वर्षको तिहारका लागि पुग्ने विद्युत् नेपालमै उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात गर्नुपर्ने अवस्था नरहेको बताए ।