चितवन । चितवनमा यस वर्षको दसैँ अवधिमा सवारी दुर्घटना करिब ७३ प्रतिशतले घटेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्ष ३३ वटा दुर्घटना हुँदा चार जनाको मृत्यु र ५८ जना घाइते भएका थिए।
यस वर्ष भने नौ वटा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। गत वर्षको तुलनामा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७५ प्रतिशत र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घटेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाले सीसीटीभी निगरानी, बडी वोर्न क्यामेराको प्रयोग, सवारी जाँचमा कडाइ, प्रभावकारी सुरक्षा व्यवस्था तथा ट्राफिक सचेतना अभियानका कारण दुर्घटना र मानवीय क्षतिमा कमी आएको बताए।






























