काठमाडौं । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा १ अर्ब रुपैयाँ जम्मा गरेको छ ।
मङ्गलवार प्रेस नोट जारी गर्दै मन्त्रालयले उक्त रकम जम्मा गरेको जनाएको हो ।
गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुराएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो ।