कैलाली । सुदूरपश्चिम प्रदेशको सीमामा हुने अपराध मुख्य चुनौतीका रुपमा रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन्।
मंगलबार धनगढी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा बोल्दै गृहमन्त्री लेखक यस्तो बताएका हुन् ।
सीमामा भइरहेका अपराध, लागूऔषधओसारपसार, विपद्का विषयमा सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई विशेष महत्वका साथ हेर्न गृहमन्त्री लेखकले निर्देशन दिए।
कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले भने,ुयो गोष्ठी परिणाम ल्याउनका लागि गरिएको हो। परिणाम दिने गरी छलफल गरेर नागरिकलाई कुनै अवरोधविना सेवा प्रवाह गरिनु पर्दछ।ु गोष्ठीमा सेवा प्रवाह कसरी राम्रो बनाउने रु, अझ प्रभावकारी सेवा प्रवाह गर्न सुरक्षा निकायको के भूमिका रहने छ भन्ने कुरालाई गहन छलफल गरिने उनले बताए। उनले उप(निर्वाचनलाई पनि शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायलाई निर्देशन पनि दिए।