काठमाडौं । रौतहट जिल्ला अदालतमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । उनी विरुद्ध शुक्रबार अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरिएको हो ।
प्रतिनिधिसभा सदस्य समेत रहेका साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए ।
अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् ।



























