काठमाडौं । बलिउडका चर्चित गायक उदित नारायण विवादमा परेका छन् । गायक उदितको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले विवादमा तानिउका हुन् । लाइभ कन्सर्टका क्रममा उदितनारायणले महिला फ्यानहरूलाई चुम्बन गरिरहेको दृश्य भिडियोमा देख्न सकिन्छ ।
यो भिडियो भाइरल भएपछि, सामाजिक सञ्जालमा मानिसहरू धेरै आक्रोशित भएका छन् र उदितलाई ट्रोल गरिरहेका छन् । लाइभ कन्सर्टको क्रममा, उनले धेरै महिला फ्यानहरूसँग सेल्फी खिचे र उनीहरूको गालामा चुम्बन गरे । त्यही समयमा, जब एक महिला फ्यानले गायकलाई गालामा चुम्बन गरिन्, उनले महिलालाई ओठमा चुम्बन गरे, जसले गर्दा विवाद उत्पन्न भएको छ । ट्रोल भएपछि उदित नारायणले प्रतिक्रिया दिदै कन्सर्टमा फ्यानहरू खुसी हुन्छन् र हामीले उनीहरूलाई पनि खुसी बनाउनुपर्छ भन्दै यसलाई ठूलो कुरा बनाएर फैलाउनु नहुने टिप्पणी गरेका छन् ।
उदितनारायण यसरी विवादमा परेको भने पहिलो पटक होइन । उनले पटक पटक गायिका सहकर्मीलाई समेत विगतमा चुम्बन गरेर विवादमा परेका थिए ।





























