काठमाडौं । भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटनामा परेको छ। शनिबार भएको दुर्घटनामा ५ नेपालीको मृत्यु भएको छ । गाडी दुर्घटनामा ४ जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटना भारतको मुजफ्फरपुरमा भएको हो। मृतकमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक चालक समावेश छन्। घाइते हुनेमा सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर रहेका छन्।
स्कारपियो गाडी अनियन्त्रित भई ५ पटक सडकमा पल्टिएको थियो।





























