काठमाडौं । सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाएर भागेका एक जना पक्राउ परेका छन् ।
गएको सोमबार पर्साका शिवु भनिने २६ वर्षीय सुवास विकले ललितपुरको ग्वार्कोस्थित एसबी ह्यान्डग्राफीमा कार्यरत पर्साकै २४ वर्षीय अरुण विश्वकर्मामाथि पेट्रोल छर्केर आगो लगाएर फरार भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान करिब साढे ९ बजे उनलाई प्रहरीले काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको हो । दुवै जना ह्यान्डग्राफीमा कार्यरत कर्मचारी भएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ परेका सुवासलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।