काठमाडौं । आज नेपालसहित विश्वभर विश्व बाथरोग दिवस मनाइँदै छ।
यस वर्ष ‘जीवनका हरेक चरणमा आरएमडी (र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज)सँगै बाँच्ने’ भन्ने नाराका साथ दिवस मनाइँदैछ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र इन्टरनेसनल र्युम्याटोलोजी लिग (आइलार)को संयुक्त अध्ययनले जनसङ्ख्याको ३० प्रतिशतमा र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज ९हाडजोर्नी र मांसपेशी दुख्ने रोग० को समस्या हुने गरेको देखाएको छ ।
नेपालमा दुई वटा बाथरोग बढी देखिने गरेको छ। त्यसमध्ये हाडजोर्नी खिइने रोग र आम बाथरोग हुन्। तीमध्ये आमबाथ कडा खालको बाथरोग हो भने हाडजोर्नीवाला बूढेसकालमा बढी हुने गर्दछ।
दिवसकै अवसरमा नेशनल बाथरोग सेन्टरले बाथरोगबारे जनतामा चेतना बढाउने, बाथरोगको समयमै पहिचान गर्ने र बाथरोगको जटिलतालाई रोकथाम गर्ने उद्देश्यले राजधानीका कोटेश्वर, मङ्गलबजार, जाउलाखेल, वसन्तपुर, स्वयम्भु, महाराजगञ्ज, बौद्ध र सिफलमा शरीरका विभिन्न भागमा लाग्ने बाथसम्बन्धी फोटो प्रदर्शनी र मोटरसाइकल र्यालीको आयोजना गरेको छ।
बिहान उठ्ने बेला हात, खुट्टा वा जिउ कक्रक्क पर्ने, हातका औंला दुख्ने वा सुन्निने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने र सुन्निने, बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुन्निने राति तथा बिहान ढाड दुख्ने बाथरोगका लक्षण हुन्।