प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्न मन्त्रीको जवाफ

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्दैछ ।

संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ। बैठक दिउँसो २ बजे बोलाइएको छ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा सांसदहरूले उठाएका मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिनेछन् ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुईवटा आयोगका तीनवटा राष्ट्रिय प्रतिबेदन प्रस्तुत गर्नेछन । जसअनुसार राष्ट्रिय दलित आयोगको दोस्रो र तेस्रो वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।