एजेन्सी। इजरायल र हमासबीच जारी युद्ध रोकिने सम्भावना छैन् ।
लगातार बढ्दो इजरायली सेनाले प्यालेस्टिनी समूहलाई ‘मेटाउने’ कुरामा अडिग रहेको इजरायली सरकारले जुनसुकै बेला जमिन आक्रमण गर्न सक्ने जनाएको छ ।
इजरायलले ११ लाख गाजाबासीलाइ २४ घन्टा भित्र बाहिर निस्कन भन्दै नभए मृत्युका लागि पर्खिन चेतावनी दिएको छ ।
यसैबिच शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले बिहीबार तेल अभिभको भ्रमण गरेका थिए । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई अमेरिकी समर्थनको आश्वासन दिएका छन ।
गत शनिबार युद्ध सुरु भएदेखि इजरायलमा कम्तिमा १,२०० र गाजा पट्टीमा १,४०० मानिस मारिएका छन्। इजरायली सरकारको दावीका अनुसार यी बाहेक इजरायली क्षेत्रमा कम्तीमा १,५०० हमास लडाकुको शव पनि फेला परेको छ। इजरायली क्षेत्रबाट अपहरण गरिएका करिब १५० जनालाई हमासले बन्धक बनाएको छ ।
इजरायलले गाजालाई पूर्ण रूपमा घेरेको छ र पानी, इन्धन र बिजुलीको आपूर्ति बन्द गरेको छ। प्यालेस्टिनी क्षेत्रको एक मात्र विद्युत केन्द्र पनि इन्धन सकिए पछि बुधबारबाट बन्द गरिएको थियो । इजरायलले हमासले सबै बन्धकहरूलाई रिहा नगरेसम्म गाजा पुग्न कुनै पनि प्रकारको सहयोग नदिने दाबी गरेको छ।
उता, संयुक्त राष्ट्र ९यूएन० ले शुक्रबार भनेको छ कि इजरायली सेनाले उनीहरूलाई दिएको जानकारी अनुसार गाजामा बसोबास गर्ने करिब ११ लाख प्यालेस्टाइनीहरूलाई २४ घण्टा भित्र पट्टीको दक्षिणी भागमा जान भनिएको छ।
अमेरिकी सञ्चारमाध्यममा प्रकाशित समाचारमा इजरायलले संयुक्त राष्ट्रसंघलाई उत्तरी गाजा पट्टी छाड्न पनि आग्रह गरेको खबर आएको छ ।