काठमाडौं। एमाले र कांग्रेसले सदन कब्जा गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध जनाएको छ ।
नेकपा (एमाले)को अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवनमा पत्रकारसँग कुराकानी गर्दै रास्वपाका सभापति रवि लामिछानेले सभामुखको कार्यशैलीप्रति पनि प्रश्न उठाए ।
उनले सदन हाइज्याक भएको आरोप लगाए । ‘संसद हाइज्याक भयो, हाइज्याक गर्न पाइँदैन, ‘दल छाडेर सदन छिरेपछि त्यो सम्मानित कुर्सीमा बसेपछि दलको बन्न पाइँदैन’ उनले भने ।
आफूसँग केही सूचना भएको र ती सूचना संसदमा रेकर्ड गराउन चाहेको तर सभामुखले त्यो अवसर नदिएको उनले बताए ।