काठमाडौं । जनमत पार्टीका तर्फबाट अनितादेवी साहले आज बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको शपथ लिने भएकी छन् ।
आज बिहान १०ः०० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए ।
जनमत पार्टीको सचिव समेत रहेकी साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुन् ।