काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार काण्डका सबै फाइल खोल्नुपर्ने बताएका छन्।
यी काण्डहरूमा संलग्न देखिएमा जुनसुकै पार्टीका भए पनि नेतादेखि सांसद कसैलाई छाड्न नहुने थापाले बताए।
सोमबार बसेको संसदीय दल बैठकमा बोल्दै थापाले भने, ‘हाम्रा स्मृतिमा रहेका जति ठूला भ्रष्टाचार काण्डहरूका सबै फाइल खोलौं। अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस् तर दोषी देखिएमा जुनसुकै दलका नेता, नाता, सांसद, मन्त्री कसैले पनि छुट पाउनु हुँदैन।’
थापाले सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराकोसमेत नाम आइरहेकोले त्यसतर्फ पनि सरकारले छानबिन गर्नुपर्ने बताएका छन्।