काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ ।
मन्त्री किराँतीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीरअस्पतालमा निधन भएको हो।
मन्त्री किराँतीको सचिवालयका अनुसार राई विगत दुई सातादेखि वीर अस्पतालमा उपचारत थिए ।