यस्तो देखियो ‘पशुपति प्रसाद २ः भष्मे डन’ टिजर

काठमाडौं । नेपाली फिल्महरुको टिजर भन्दा फरक शैलीमा कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिजर सार्वजनिक भएको छ ।

फिल्मका मुख्य पात्र विपिन कार्कीको जन्मदिनको अवसरमा टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा नायक विपिन कार्कीको पात्र झलक देखाइएको छ । उनी सुनै सुनको दात राखेर दर्शकमाझ प्रस्तुत भएका छन् । पशुपति क्षेत्रमा रहँदै आएका पशुपति प्रसादको निधनपछि आफ्नो अस्तित्व स्थापित गर्नका लागि संघर्ष गरिरहेका ‘भष्मे डन’माथि यो फिल्म तयार भएको छ ।

दीपेन्द्र के खनालको निर्देशन छ भने, खगेन्द्र लामिछानेको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतका कलाकारको अभिनय छ ।