काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन्।
बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो।
गत भदौ महिनामा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरेको थियो। उनी अहिले परराष्ट्र सचिव छिन्।