सुन प्रतितोला रु. तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य रु. चार हजार नौ सय कायम

स्थानीय बजारमा आज सुनको मूल्य रु. पाँच सय र चाँदीको मूल्य रु. ६५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला रु. तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य रु. चार हजार नौ सय कायम भएको जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला रु. तीन लाख २२ हजार  सात सय र चाँदीको रु. चार हजार नौ सय ६५ कायम भएको थियो ।