Hotel Panchthar Nepco Media

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमालेद्वारा बहिस्कार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपतिले संविधान विपरित सक्रियता देखाउन खोजेको भन्दै आपत्ति जनाएको छ ।

मंगलवार बिहानका लागि राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकप्रति ओलीले आपत्ति जनाएको हुन् ।

सोमवार रातिको सर्वदलीय बैठकमा ओलीले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपतिलाई गैर संवैधानिक बैठक बोलाउन कसले उक्सायो रु भन्दै प्रश्न गरे ।

जवाफमा प्रचण्डले सर्वदलीय बैठक बोलाउन आफूले कुनै सल्लाह नदिएको स्पष्टीकरण दिए ।

ओलीले राष्ट्रपतिले बोलाएको औचित्यहीन बैठकमा सहभागी नहुनेसमेत चेतावनी दिएका छन् ।

यसैबीच शीतल निवासमा बोलाइएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले नजाने भएको छ ।