भक्तपुर । नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३ जनामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ ।
नेपालमै पहिलो पटक २०७२ मङ्सिर २२ गतेदेखि कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले यसै सातासम्म आइपुग्दा १३ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिएका हुन् ।
विश्वमै सबैभन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण नेपालमै केन्द्रले न्यून शुल्क अर्थात् रु १५ लाखमै कलेजो प्रत्यारोपण हुँदा विदेशिने करोडौँ रुपैयाँसमेत जोगिनि भएको छ।
केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपणबिज्ञ डा श्रेष्ठको नेतृत्वमा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा शिल्भाकुमार नागानाथनसहित नेपाली विज्ञ चिकित्सकसहितको टोलीले शल्यक्रिया गरेका थिए ।