मुगु। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपालद्वारा सञ्चालित ICDP परियोजना अन्तर्गत छायाँनाथ रारा नगरपालिकाका चारवटा विद्यालयमा विद्यालयस्तरीय स्थानीय शैक्षिक सामग्री निर्माण तथा प्रदर्शनी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका छन्।
कार्यक्रम छायाँनाथ रारा नगरपालिकाका निम्न विद्यालयहरूमा आयोजना गरिएको थियोः
🔹 कर्णाली माध्यमिक विद्यालय, टोप्ला
🔹 मष्टा आधारभूत विद्यालय, थार्पा
🔹 प्रभात माध्यमिक विद्यालय, रोवा
🔹 सरस्वती आधारभूत विद्यालय, लुम्स
कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूको सक्रिय सहभागितामा स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको प्रयोग गरी विभिन्न शैक्षिक सामग्रीहरू निर्माण गर्नुका साथै ती सामग्रीहरूको प्रदर्शनीसमेत गरिएको थियो।
यस कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मक सोच, नवप्रवर्तन, व्यावहारिक सीप तथा सिकाइप्रतिको रुचि अभिवृद्धि गर्न सहयोग पुर्याएको छ। साथै, स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै शिक्षण–सिकाइ प्रक्रियालाई थप सरल, प्रभावकारी, व्यवहारिक र बालमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
विद्यार्थी, अभिभावक तथा विद्यालय समुदायबीचको सहकार्यलाई प्रोत्साहन गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने यस प्रकारका गतिविधिले विद्यालयको सिकाइ वातावरणलाई थप सिर्जनशील र उपलब्धिमूलक बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।






























