काठमाडौं। सुन तस्करीमा ५ वर्ष जेल बसेर छुटेका फुच्चे भनिने कुसान लामा फेरि अहिलेसम्मकै ठूलो रमकसहित पक्राउ परेका छन् । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका( १ बस्ने ४३ वर्षका लामालाई प्रहरीले पक्राउ गरेको हो ।
विदेशी रकम युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा ट्रकमा लुकाउर रसुवा नाका लगिंदै गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई सोमबार राति पक्राउ गरेको थियो ।
पक्राउ परेका लामा चालक भइ भरिया मात्रै भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। तर, उनी कसको भरिया हुन् भन्ने चाहिँ खुलेको छैन। पक्राउ परेको विदेशी मुद्रा नेपालीमा २५ करोड ११ लाख २४ हजार हजार ९ सय ५० रुपैयाँ हुन आउने प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।





























