काठमाडौं। ‘फुच्चे’ भनिने कुसान लामा २५ करोड बढी रकलसहित पक्राउ परे । सोमबार राती टोखाको झोरबाट २५ करोडबडी रकमसहित ट्रकलाई प्रहरीको नियन्त्रमा प¥यो । ट्रकको चालक लामा आफै थिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले ठुलो परिमाणमा युरो र डलरसहित लामालाई नियन्त्रणमा लिए । विदेशी मुद्रा नेपालीमा २५ करोड ११ लाख २४ हजार हजार ९ सय ५० रुपैयाँ भेटिएको प्रहरीले पत्रकार सम्मेलनमा उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । ‘युरो र डलर लुकाएर आरोपी रसुवाको केरुङ तर्फ जाँदै थिए, एसएसपी बस्नेतले भने ।
पक्राउ परेको रकम अहिलेसम्मकै ठूलो हो। विदेशी मुद्रा लिएर केरुङ नाका हुँदै उनी चीनतर्फ सुन किन्न हिँडेको प्हरीले बताएका छन् । । पक्राउ परेका लामा यसअघि पनि सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए ।
सुन तस्करीमा उनले भरिया र चालकको रूपमा काम गर्ने गरेको पाइएको छ । ‘फुच्चे’ लाई थप अनुसन्धान र कानुनी कारबाहीका लागी राजस्व अनुसन्धान विभागमा पठाइने एसएसपी बस्नेतले जानकारी दिए ।