विराटनगरमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।धनपालथान (६ को कदमा गाउँमा आगलागीमा परी परी दुई बालबालिकाको मृत्यु भएको हो ।

स्थानिय प्रहरीका अनुसार मृतक बालबालिकाको परिचय भने खुलेको छैन । आगलागीका कारण हालसम्म ८ घर जलेर नष्ट भइसकेका छन् । प्रहरीले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।